पर्वत ।। नेपालका विभिन्न स्थानमा मौलिक शैलीमा उत्खनन हुँदै आएका फलामखानी, चाँदी, सुनखानी लगायत अन्य धातुका खानी अहिले बन्द भएका छन् । पर्वतमा पनि २०१८ साल सम्म उत्खनन हुँदै आएको फलामखानी बन्द छ । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उत्खनन गर्ने सूचिमा रहेको महाशिला गाउँपालिका ६ मा रहेको धाउखानी फलामखानीको भने उत्खनन गर्न अध्ययन सुरु भएको छ । खानीको अध्ययन सुरु भएपछि स्थानीय खुशी भएका छन् । फलामखानी खानी तथा भूगर्भ विभागले उत्खनन् प्रक्रिया सुरु गरेको हो । विभागले फलामखानीको विस्तृत सर्वेक्षण थालेको जानकारी दिएको छ । विभागका वरिष्ठ भूगर्भविद ठाकुर कँडेलले ईआरटी (इलेक्ट्रिकल रेसिस्टीभिटी टेक्नोलोजी) को माध्यमबाट अध्ययन अनुसन्धानको काम भइरहेको जानकारी दिनुभयो । अहिले हेर्दा कुनै ठाउँमा सतहमा फलाम भेटिएको छ भने कुनै स्थानमा जमीनमुनि भएको पाइएको छ । दुईदेखि आठ मिटरसम्म खानी रहेको साधारण अध्ययनले देखाएको छ । विभागको मानदण्डअनुसारको प्रतिवेदन आएमा फलामखानी उत्खनन हुने कँडेलले जानकारी दिनुभयो । यस वर्ष विस्तृत सर्भे गर्ने र प्रतिवेदन सकारात्मक आएमा अर्को आर्थिक वर्षदेखि उत्खननको काम सुरु हुने उहाँले बताउनुभयो । बसोबास गर्ने विक र दर्जी परिवारबाट कम्तीमा एक जना उतिबेला फलामको खानीमै बास बस्ने गर्दथे । स्थानीय अगुवा गोविन्दबहादुर विश्वकर्माका अनुसार तत्कालीन जिल्ला विकास समितिको पहलमा २०६० को दशकमा खानी उत्खनन गर्न विभिन्न प्रयासहरू गरेको भए पनि सम्भव भएको थिएन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here