काठमाडाैं ।। चीनमा रहेका नेपाली ल्याउन जाने जहाजको चालक दलका १६ सदस्यलाई विषेश तालिम दिइने भएको छ । स्वास्थ्य मन्त्रालयले आज तालिम दिदैछ । ११ पुरुष र पाँच महिला रहेको चालक दलका सदस्यलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन तथा जहाजमा अपनाउनुपर्ने सुरक्षाका विषयमा तालिम दिन लागिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा। हेमन्त ओझा नेतृत्वको टोलीले उनीहरूलाई तालिम दिनेछ । चालक दलका सदस्यहरूको नाम गोप्य राखिएको छ । त्यस्तै, भोलि विमानस्थलमा जहाजको बाहिरी काममा खटिने कर्मचारीलाई तालिम दिने मन्त्रालयको तयारी छ । सरकारले चीनको हुबेई प्रान्तका विभिन्न स्थानमा रहेका एक सय ८० नेपाली लिन शनिबार नेपाल वायुसेवा निगमको एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज वुहान पठाउँदै छ । जहाजमा दुई चिकित्सक, दुई नर्स र एक पारामेडिक्स रहेको चिकित्सक टोली पनि जानेछ । उनीहरूसहित चीनबाट ल्याइएका नागरिकको उपचारमा संलग्न हुने ८६ स्वास्थ्यकर्मीलाई सोमबार डा. ओझाको टोलीले तालिम दिएको थियो । चीनमा रहेका नेपालीलाई स्वदेश ल्याएर १४ दिन भक्तपुरको खरिपाटीमा रहेको विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिनेछ । रोग नलागेको पुष्टि भएपछि मात्रै घर पठाइनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here