राैतहट ।। रौतहटमा एक वृद्धको हत्या भएको छ । जिल्लाकै दुर्गाभगवती गाँउपालिका–३ पर्सा टाेलको एक वृद्धको हतया भएको छ ।
सोमवार राति अज्ञात समूहले पर्साटोलको ६५ वर्षीय फेकन पण्डितको हत्या भएको प्रहरीले जनाएको छ ।प्रहरकिा अनुसार अज्ञात समूहले उनकै घरमा राखिएको हथौडाले टाउकोमा प्रहार गरि हतया गरेको हो । घरमा खाना खाएर गाउँबाट झण्डै १ किलोमिटर रहेको गोठमा सुत्न गएका उनी मंगलबार बिहान अबेरसम्म घरमा नफर्केपछि परिवारका सदस्य खोज्न जाँदा पण्डितको टाउकोमा हतौडा प्रहार गरी हत्या गरेको अवस्थामा गोठमै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here