एजेन्सी ।। बलिउडका चर्चित अभिनेता सलमान खानको अगामी चलचिञ ‘कभी ईदकभी दिवाली’ ल्याउने भएका छन् । उक्त चलचिञमा बलिउड अभिनेत्री पूजा हेग्ड पनि देखिने भएकी छिन् । ‘मोहनजो दाडो’मा ऋतिक रोशन र ‘हाउसफुल ४’मा अक्षय कुमारसँग काम गरिसकेकी अभिनेत्री पूजा सलमानसँग पनि काम गर्ने भएकी हुन्।
चलचित्रका निर्माता साजिद नाडियाडवालाले एक अन्तर्वार्तामा यस कुराको पुष्टी गरेका हुन्।
नाडियाडवालाले भनेका छन्, ‘हाउसफुल ४ मा पूजासँग काम गरेपछि यस चलचित्र ९कभी ईद कभी दिवाली०का लागि उनी परफेक्ट छिन् भन्ने हामीलाई लाग्यो। पर्दामा उनको उपस्थिति गजबको थियो। र सलमान खानसँग उनको जोडी खुब राम्रो देखिनेछ।’
यो चलचित्रको छायांकन आगामी अक्टोबरबाट सुरु हुने बताइएको छ। चलचित्रमा एक्सन र कमेडी भरपुर मात्रामा रहनेछ।
चलचित्रको कथा साजिद नाडियाडवालाले लेखेका हुन् भने निर्देशन फरहाद सामजीले गर्नेछन्। चलचित्र सन् २०२१ को ईदमा रिलिज हुनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here