रौतहट ।। नेपाल भारत सिमा संग जोडिएको रौतहटको गौर नगरपालिका वार्ड नं. २ मा गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले आज बुधबार प्रहरी चौकी भवनको शिलान्यास गरेको छ ।
सिमा सुरक्षा तथा गौर नगरपालिका वडा नं. २ महादेवपट्टी स्थित रहेको पर्यटकीय क्षेत्र बानेश्वर नाथको मन्दीर वरपर र महादेपट्टी गाँउको सुरक्षा हेतु उक्त प्रहरी चौकी भवनको नगर प्रमुख अजय गुप्ताले हिन्दु धर्म अनुसार पुजापाट गरि शिलान्यास गरिएको हो ।
भवनमा १० लाख नगर स्तरीय र १० लाख वार्ड नं. २ स्तरीय गरि करिब रू २० लाखको लागतमा चार कोठे भवन निर्माण गरिन लागेको वर्डा नं. २ का वडा अध्यक्ष राकेश झाले जानकारी गराएका छन् । महादेवपट्टीमा रहेको बिधालयको साढे ३ कठा जग्गामा निर्मान हुन लागेको सो चौकी भवन भूकम्प प्रतिरोधी र बाढीले असर नगर्ने बनाइने अध्यक्ष झाले बताए ।
गौर नगर प्रमुख गुप्ताले, महादेपट्टीमा नेपाल भारत सिमा संग जोडीएको हुनाले यस क्षेत्रमा शान्ति सुरक्षा कायम गरि विभिन्न आपराधिक गतिविधि न्यूनिकरणको लागि अस्थाई प्रहरी चौकी लाई स्थायी रुपमा स्थापना गराउने उदेश्यले आज प्रहरी चौकी भवनको सिलान्यास गरिएको बताए ।
गौर नगरक्षेत्रको प्रमुख पर्यटकीय स्थलको रुपमा रहेको बानेश्वर स्थानमा आउने पर्यटकलाई सुरक्षा दिन समेत हुने भएकोले प्रहरी चौकी भवन बनाउन लागेको र अगामी दिनमा यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने नगरप्रमुख गुप्ताले बताउदै, यस कार्यमा सवैको सहयोग हुने विश्वास व्यक्ति गरे ।
सिलान्यास कार्यक्रममा गार नगरपालिकाका नगर उपप्रमुख किरण ठाकुर, रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, रौतहट प्रहरी प्रमुख रबिराज खड्का, गौर नगरपालिकाका वडा अध्यक्ष शेष जम्सैद, रामसोगारथ यादव, भुनेश्वर साही, विद्यार्थी नेता ओमप्रकाश साह, योजना प्रमुख जितेन्द्र भारती, संचारकर्मी लगायत सर्वसाधारणहरु उपस्थिति रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here