सिन्धुली ।। कमलामाई नगरपालिका–३ चपौलीस्थित जलकन्या माध्यमिक विद्यालयमा हिजोदेखि अनिश्चित कालका लागि तालाबन्दी भएको छ । विद्यालय व्यवस्थापन समितिले नेपाल शिक्षक संघ समर्थित प्रधानाध्यापक कृष्णप्रसाद चौलागार्इंलाई प्रक्रिया नपु¥याई जर्बजस्ती प्रधानाध्यापक पदबाट हटाएको भन्दै नेपाली काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले विद्यालयमा दिउँसो तालाबन्दी गरेका हुन् । विद्यालय व्यवस्थापन समितिले दुई साताअघि तत्कालिन प्रधानाध्यापक चौलागार्इंलाई हटाएर नेकपा निकट राम एकबाल पण्डितलाई नियुक्त गरेको थियो । त्यसबेलादेखि नै आन्दोलित बनेका काँग्रेसका कार्यकर्ताले समास्या समाधान नहोउञ्जेलसम्मका लागि भन्दै हिजो विद्यालयको प्रशासन कक्षमा तालाबन्दि गरेका छन् । तालाबन्दिमा संलग्न स्थानीय काँग्रेस नेता ओमबहादुर कार्कीले विद्यालय नियमसँग सञ्चालन हुनु पर्ने माग रहेको बताउनुभयो । वडा नम्बर ३ का अध्यक्ष खड्ग चौलागाईले भने नियमसंगत तरिकाले प्रधानाध्यापक फेरेको प्रतिक्रिया दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here