पर्वत ।। गण्डकी प्रदेशको राजधानी पोखरा सहित पर्वत, बागलुङ, म्याग्दीमा भित्रिने तरकारीको विषादी परिक्षण गरिने भएको छ । भैरहवा, बुटवल, चितवन, मकवानपुर, धादिङ लगायतका जिल्लाबाट भित्रिने तरकारी परिक्षण गर्न सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्गमा ‘विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला’ सञ्चालन गरिएको छ । सिद्धार्थ राजमार्गमा पर्ने स्याङ्जाको गल्याङ र पृथ्वी राजमार्गमा पर्नेे तनहुँको आँबुखैरेनीमा ‘विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला’मा विषादी परीक्षण शुरू गरिएको हो । ‘विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला’ गत चैतमै स्थापना गरिए पनि विषादी परीक्षण भने हालै मात्र शुरू गरिएको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले जानकारी दिनुभयो । केही समय पहिले सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण रोकेपछि सर्वोच्च अदालतले सरकारका नाममा परीक्षण नरोक्न आदेश गरेको थियो । त्यसपछि केही प्रदेशले धमाधम विषादी परीक्षण थालेका थिए । तर, लामो समयपछि गण्डकी प्रदेश सरकारले पनि भारतबाट भित्रिने तरकारी र फलपूmलको विषादी परीक्षण शुरू गरेको हो । संघीय सरकारले काठमाडौंको कालीमाटीसहित रूपन्देहीको बुटवल, झापाको बिर्तामोड, सर्लाहीको नवलपुर, कास्कीको पोखरा र बाँकेको नेपालगञ्जमा ‘विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला’ स्थापना गरिसकेको छ । यीमध्ये केही स्थानका प्रयोगशाला सञ्चालनमा आएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here