काठमाडाैं ।। मुलुकभरि दुई हजार ९१ वटा पुल निर्माणाधीन अवस्थामा रहेको पाइएको छ । ती पुलहरूमध्ये ९६ वटा ठेकेदारका कारण, ३७ वटा संस्थागत कारण र ५१ वटा पुल आयोजना काबुबाहिरका कारण निर्माणाधीन अवस्थामा रहेको संसदीय समितिमा जानकारी गराइएको हो । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले देशभरका नाजुक पुलहरूको प्रतिवेदन पेस गर्न सरकारलाई हिजो निर्देशन दिएको छ । डिजाइनमा समस्या भएका, निर्माण व्यवसायीका कारण अलपत्र परेका र काबुबाहिरको अवस्थामा पुगेका पुलहरूको विवरण तथा समस्या समाधानका कार्ययोजना १५ दिनभित्र समितिमा पेस गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन पनि दिएको हो । निर्माण प्रक्रियामा रहेका निर्माणाधीन रही बजेटको अभावमा अलपत्र अवस्थामा रहेका पुलहरूको अवस्था यकिन गरी अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी स्रोत जुटाई सम्पन्न गर्न पनि समितिले मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
मुलुकभरि दुई हजार ९१ वटा पुल निर्माणाधीन अवस्थामा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।