पोखरा ।। चीनको हुवेई प्रान्तमा फैलिएको कोरोना भाईरसको प्रभावले पर्यटकीय मौसममा पनि पोखराको पर्यटकीय क्षेत्र लेकसाइड सुनसान छ । खासगरी चिनिया पर्यटकहरूले भरिभराउ हुनुपर्ने होटल रित्तै भएको यूवा व्यवसायी बैभव पौडेलले बताउनुभयो । नेपाल आउने पर्यटकमध्ये चिनियाँ पर्यटको हिस्सा दोस्रो स्थानमा छ । चिनियाँ पर्यटक साहसिक क्रियाकलापमा भाग लिन र पदयात्राका लागि नेपाल आउँछन् । पोखरामा रहेका प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जिजम्प, जीप फ्लायर, ट्रेकिङलगायतका गतिविधि चिनिया पर्यटकहरूकै भरमा सञ्चालन हुने गरेका छन् । प्याराग्लाडिङ उडान चीनमा फैलिएको कोरोना भाइरसका कारण प्रभाविवत भएको नेपाल हवाई खेलकूद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीको भनाइ छ । चीनमा फैलिएको कोरोना भाईरसका कारण नेपालमा रहेकामध्ये केही पर्यटकले बस्ने समय थपेका छन् भने केहीले छोट्याएर आफ्नै देश फर्किइसकेका छन् । सरकारले नेपाल कोरोना भाइरसबाट सुरक्षित छ भन्ने सन्देश फैलाउने हो भने पर्यटन क्षेत्र प्रभावित नहुने नाटाका पूर्व अध्यक्ष एवं एवं पर्यटन व्यवसायी केदारनाथ शर्मा बताउनुहुन्छ । गतवर्ष फेब्रुअरीमा मात्र करिब दुई लाख चिनिया पर्यटक नेपाल आएका मध्ये करिब सत्तरी प्रतिशत पोखरा आएका थिए । फेबु्रअरी महिनामा चिनियाँ पर्यटकले पोखराको भ्रमण तालिका बनाउने गर्छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here