रौतहट ।। रौतहटमा एक युवको शव फेला परेको छ । रौतहटको इश्नाथ नगरपालिका–८ मनसरीका २० वर्षीय युवक एतेशामुलहक मृत फेला परेको छ । मोतीपुर नरकटीमा दिदी–भिनाजुको घरबाट माघ १५ गते बेलुकी घर फर्किने क्रममा उनी हराएका थिए । उनको शव सोमबार अकोलवा नजिकै अरुवा नदिमा फेला परेको छ । मोटरसाइकलमा घर फर्कँदै गरेका थियो। एतेशामुलहकको मोटरसाइकल खोजी गर्ने क्रममा राजपुर नगरपलिका स्थित अकोलावा नजिकै खेतमा फेला परेको थियो । युवकको शव मोटरसाइकल फेला परेको स्थान भन्दा करिव एक किलोमिटर दक्षिण नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कार्कीले जानकारी दिए।
प्रहरीले उनको हत्यामा संलग्नको आशंकामा पाँच जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरेको डिएसपी कार्कीले जानकारी दिए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here