जनकपुर ।। धनुषामा परिवारकै सदस्य मिलेर एक महिलाको हत्या गरेको छ । मेमोरी कार्डको विवादलाई लिएर घाँटी थिची एक महिलाको हत्या भएको छ ।
धनुषाको औरही गााउपालिका वडा नं.२ की २२ वर्षीय चिन्तामणि पासवानलाई घाँटी थिचेर हत्या गरेको छ । प्रहरीले हत्या आरोपमा उनकै ५५ वर्षीय ससुरा राधाकृष्ण पासवान,४५ वर्षीय सासु कुमला पासवान , ३० वर्षीय श्रीमान अनिलकुमार पासवान र २० वर्षीय ननद पुनिता पासवानलनई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनुषाले सामेबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । प्रहरीकाअनुसार यही माघ १८ गते मोबाइलको ‘मेमोरी कार्ड’को विषयमा चिन्तामणिको नन्द पुनितासँग विवाद भएको थियो ।
शनिबार अन्दाजी १ बजेको समयमा मेमोरीको विषयलाई लिएर भएको बिबादमा पहिला चारैजनाले मिलेर घाँटी थिची हत्या गरेको र पछि गएर अपराधलाई लुकाउन मृतक झुण्डिएको हो भनी हल्ला समेत फैलाएको र जिउँदैछ भनी प्रादेशिक अस्पताल जनकपुधाममा इमर्जेन्सीमा भर्ना गराएको प्रहरी जानकारी दिए।
भर्ना गराएर फरार भएको मध्ये मृतकको सासू र नन्दलाई आइतवार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा-४ स्थित पेठिया बजारबाट त्यस्तै ससुरा र श्रीमान्‌लाई सोमबार बिहान जनकनन्दनी गाउँपालिका वडा नं- २ बलहा टोलबाट लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here