काठमाडौं ।। अहिले हजारको नोटमा रहेको हाती त्यो नेपाली नभएकामो प्रश्न उठिरहेका छन् । त्यो हाती कहाँको हो । कसैलाई थाह छैन । अब नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाको नोटमा जुम्ल्याहा हाती राख्ने भएका छन् । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार अबको चार महिनाभित्र नेपालकै हात्तीको चित्र भएको ३१ करोड थान हजारको नोट बजारमा आउनेछ। अर्थ मन्त्रालयबाट जुम्ल्याहा हात्ती राख्ने प्रस्ताव स्वीकृत भई छपाइको प्रक्रियामा पुगेको राष्ट्र बैंकले जनाएको छ। नयाँ नोट छपाइको टेन्डर चिनियाँ कम्पनीले पाइसकेको राष्ट्र बैंकले जनाएको छ। कम्पनीसँग जुम्ल्याहा हात्ती अंकित नयाँ नोट छपाइको लागि केही दिनमै सम्झौता हुने राष्ट्र बैंकको भनाइ छ। २०७७ को दसैंसम्ममा जुम्ल्याहा हात्ती अंकित १ हजारको नयाँ नोट बजारमा आउने अनुमान गरिएको छ।
२०६५ साल कात्तिक २४ गते चितवन राष्ट्रिय निकुञ्जस्थित सौराहामा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रमा देवीकली नामको हात्तीले एकैपटक दुइटा छावा जन्माइन्।
विज्ञहरूका अनुसार यसरी हात्तीले जुम्ल्याहा बच्चा पाउने घटना विश्वमै दुर्लभ हुन्छ।
उनले जन्माएकी राम(लक्ष्मण जुम्ल्याहा छावा अहिले ८ वर्षका भए।
अब हजारको नोटमा नेपालमै जन्मिएका जुमल्याहा हात्तीको तस्बिरछापिएका नोट आउने भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here