अछाम ।। छाउपडी उन्मुलनका लागि अछाम लगायत सुदूर र मध्यपश्चिमका जिल्लामा छाउगोठ भत्काउने अभियान चलिरहेको छ । तर, त्यस्तो अभियानमा स्थानीय धामी झाँक्री मूख्य चुनौति बनेको अभियान्ताहरू बताउँछन् । जिल्ला प्रहरी कार्यालय अछामले आयोजना गरेको छाउपडी गोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवद्र्धन सम्बन्धी कार्यक्रमको सार्वजनिक सुनुवाईमा सहभागिहरूले यस्तो बताएका हुन् । सार्वजनिक रुपमा छाउप्रथाको विरोध गरेपनि, स्थानीय धामी झाँक्रीका कारण छाउ बार्नै पर्ने बाध्यता नहटेको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ का पदमबहादुर शाहको गुनासो छ । अछामका प्राय धामी झाँक्रीको घरमा अनिवार्य छाउ बार्ने चलन छ । कतिपय मानिस छाउगोठ भत्काउनु अघि विकल्प खोजिनुपर्ने बताईरहेका छन् । उनीहरूले छाउगोठसँगै गाईगोठ पनि भत्किएको गुनासो गरेका हुन् । छाउगोठ भत्काउने मात्र नभएर चेतना विस्तार गर्ने अभियान समेत चलिरहेको भन्दै प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले छाउपडी प्रथालाई प्रसय दिन महिला नै लागि परेको टिप्पणी गर्नुभयो । छाउगोठ बसेको÷बसाएको पाइएमा, त्यस्ता व्यक्तिलाई कानुनी कारबाही गरिने पनि उहाँले बताउनुभयो । सार्वजनिक सुनुवाईमा आम नागरिकले उठाएको प्रश्नको जवाफ दिंदै मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले छाउपडी प्रथा जसरी पनि उन्मुलन गरेरै छाड्ने बताउनुभयो । हालसम्म अछाममा चार हजार ५३ वटा छाउगोठ भत्काइसकिएको छ । तर, नागरिकहरू छाउगोठ सँगै छाउ बार्ने संस्कार पनि भत्काउनु पर्ने बताइरहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here