इस्लामावाद ।। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय जनता पार्टी (भाजपा) म्यानमारजस्तै नरसंहार मच्चाउने योजनामा रहेको आरोप लगाएका छन्।
राजधानी इस्लामावादमा टर्कीको समाचार एजेन्सीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री खानले भारतले मुस्लिम समुदायलाई समाप्त पार्नकै लागि नागरिकतासम्बन्धी विवादास्पद कानुन ल्र्याएको दाबी गरे।
“म्यानमारमा पनि यस्तै भएको थियो । त्यहाँ पहिले रजिस्ट्रेसन ऐन ल्याइयो। त्यसपछि मुसलमानमाथि विभेद गरियो र उनीहरूको नरसंहार भयो,” उनले भने, “मलाई भारतको अवस्था पनि यस्तै दिशामा जाँदैछ भन्ने डर छ।”
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।