एजेन्सी ।। रजनीकान्तपछि अक्षय कुमारले च्र्चित टेलिभिजन शो ‘इन टु द वाइल्ड विद बेयर ग्रिल्स’का लागि सुटिङ गरेको छन् जुन कर्नाटकको बांदीपुर टाइगर रिजर्व एवं नेशनल पार्कमा भयो । सुटिङका केही फोटो सोसल मिडियामा चर्चाको विषय पनि बनेको छ । तस्बिरमा अभिनेता अक्षय कुमार म्यान भर्सेस वाइल्डमा बेयर ग्रिल्ससँगै देखा पर्नेछन् । विश्वमै चर्चित रहेको यस शोलाई मानिसहरु निकै मनोरञ्जलात्मक रुपमा हेर्ने गर्दछन् । ठूला(ठूला व्यक्तित्वहरु यस शोमा देखा परेका छन् । जसमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामादेखि लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म रहेका छन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।