काठमाडाैं ।। आज २३ औं विश्व सिमसार दिवस, ‘सिमसार र जैविक विविधता’ नाराका साथ यस वर्षको सिमसार दिवस मनाइँदैछ । सिमसार क्षेत्रको सही र उपयोगी व्यवस्थापन गर्दै जैविक विविधता र वन्यजन्तुको संरक्षणमा जोड दिन नेपालमा यो नारा तय गरिएको वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज विभागले जनाएको छ । सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर भएको दिन २ फेब्रुअरीलाई स्मरण गर्दै सिमसारको महत्व र मूल्यबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित विश्व सिमसार दिवस मनाउने गरिन्छ । सन् १९९८ देखि प्रत्येक वर्ष नयाँ नारा कोर्ने गरिएको छ । राष्ट्रिय सिमसार नीति २०१२, पाँचवर्षे राष्ट्रिय रामसार रणनीति २०१८ र सिमसार समितिको अग्रसरतामा नेपालमा सिमसार क्षेत्रको संरक्षणको प्रयास भइरहेको विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here