काठमान्डु ।। देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्नेको सम्मानमा आज शहीद दिवस मनाइएको छ ।

जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । पछिल्ला वर्षमा शहीद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहूति दिने योद्धाको पनि सम्मान गरिन्छ । शहीद दिवस मूल समारोह समितिले आज लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम आयोजना गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सरकारी कर्मचारी, सुरक्षा निकाय लगायतले राजधानीको लैनचौरस्थित शहीद स्मारकमा पुगेर पुष्पमाला चढाएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here