काठमान्डु ।। प्रधानमन्त्री केपी शर्मा ओली र लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहनुभएका जिनले आज प्रधानमन्त्रीलाई भेट्नुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याउनुपर्ने, व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली संघमार्फत् नेपाललाई प्राप्त हुँदै आएको सहयोगलगायत विषयमा छलफल भएको भेटमा सहभागी मन्त्रालयका सहसचिव निर्मलराज काफ्लेले जानकारी दिनुभयो ।
भेटका अवसरमा प्रधानमन्त्री ओलीले संविधान निर्माणपछि नेपालमा राजनीतिक स्थायित्व कायम भएको भन्दै व्यापार र लगानीका लागि आह्वान गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले दिगो विकासको लक्ष्य हासिल गर्ने, अतिकम विकसित मुलुकबाट स्तरोन्नतिलगायत नेपालका आगामी कार्यदिशाका बारेमा जानकारी गराउँदै सहकार्यका लागि जोड दिनुभएको छ ।
भेटमा विदेशमन्त्री एसलवर्नले साझा हितका आपसी विषयमा सहकार्य गर्न तयार रहेको बताउनुभएको थियो । दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउनुभएका विदेशमन्त्री एसलवर्न नेपाल भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ
प्रधानमन्त्री ओली र लग्जेम्बर्गका विदेशमन्त्रीबीच भेटवार्ता
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।