काठमान्डु ।। सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको म्याद एक वर्ष थपेको छ । माघ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप गरेको हो ।

आज नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आयोगको म्याद थप भएको विषय जानकारी गराउनुभएको हो । ती दुबै आयोगको म्याद आउँदो चैतमा सकिँदै थियो । प्रवक्ता बास्कोटाका अनुुसार मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त सदस्य पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटा र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. रामकण्ठ मकाजुलाई मनोनयन गरेको छ ।

त्यस्तै, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालन समितिको अध्यक्षमा बर्दियाका निर्मल लामिछानेलाई तीन वर्षका लागि मनोनित गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here