काठमाण्डौ ।। नेपाल कम्युनिष्ट पार्टी नेकपाको महाधिवेशन अर्को वर्षको चैतमा हुने भएको छ ।
बुधबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा २०७७ साल चैत २५ देखि ३० गतेसम्म एकता महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो ।
यसका लागि फागुन १ गतेदेखि पाँच महिनासम्म पालिका र प्रदेश अधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरिएको नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले जानकारी दिनुभयो । अधिवेशनलाई एकता अभियानका रुपमा चलाइने पनि उहाँले बताउनुभयो ।
श्राेतः उज्जयालाे अनलाइन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।