काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौताले मुलुकको सार्वभौमकितामा कुनै असर नपर्ने प्रस्ट्याएका छन् । 

एमसीसीसँगको सम्झौताका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई ध्रुवमा विभाजित भइरहेका बेला प्रधानमन्त्री ओलीले नेता–कार्यकर्तालाई सम्झौताबाट मुलुकको सार्वभौमिकतामा कुनै असर नपर्ने प्रस्ट्याएका हुन् ।   

नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलेभने, “सम्झौताले हाम्रो सुभ्रेन्टी (सार्वभौमिकता) लाई कुनै असर गर्दैन । अमेरिकाले पनि थप स्पष्ट पारेकाले अप्ठ्यारो मान्नुपर्ने केही छैन । यो अनुचित छैन, नोक्सान पर्ने छैन । सार्वभौकिता, स्वाधिनता कहीँ जोडिएर प्रतिकुल असर पार्ने छैन ।”

अमेरिकाले एमसीसी सम्झौता विश्वका विभिन्न ४९ देशसँग गरिसकेको उदाहरण प्रस्तुत गर्दै उनले सडक स्तरोन्नति र विद्युत प्रशारण लाइन निर्माणका लागि आउने सहयोगलाई इन्डो–प्यासिफिकसँग जोड्न नहुनेमा जोड दिए । 

“अमेरिकाले यस्तो सम्झौता विभिन्न ४९ देशहरुसँग गरिसकेको छ । यसलाई इन्डो–प्यासिफिकसँग जोड्नु बेकार हो,” प्रधानमन्त्री ओलीले भने, “हिडन इन्ट्रेस्टसँग जोडिनु गलत हो । हामी आप्mना इन्ट्रेस्टका लागि अरुका इन्ट्रेस्टका पछि दगुर्दैनौं । हामीले उसका लागि गर्ने होइन, हाम्रा लागि गर्ने हो ।” 

नेकपाकै नेताहरुले एसीसीको लोखा परीक्षण नेपाललाई गर्ने अधिकार नभएको तर्क गरिरहेका बेला ओलीले सम्झौतामै ६–६ महिनामा हिसाब हेर्ने कानुनी व्यवस्था स्पष्ट लेखिएको जिकिर गरे । उनले एसीसीका बारेमा धेरै विवाद गरिरहनु आवश्यकनै नभएको बताए । 

“यो अस्तिनै अनुमोदन भइसक्नु पर्ने थियो । नभएकाले विवाद आयो,” प्रधानमन्त्री ओलीले भने, “धेरै विवाद गरिरहनुपर्ने विषय नै छैन ।” 

श्राेत ः ब्राह खरी
 

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here