रौतहट ।। रौतहटमा प्रहरी र भारतीय अपराधिक समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएको छ । मंगलबार राति इशनाथ नगरपालिका–१ बन्जरास्थित नेपाल भारत सीमासँग जोडिएको बकैया नदिको बाँधमा भारतीय अपराधी र प्रहरीबिच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर एक आपराधिक घाईते भएका प्रहरीले जनाएको छ।
गोली लागेर भारत मोतिहारी जतौलिया ग्राम पन्चायतका वडा नं ४ का शेख चाँद अली घाइते भएका हुन् ।
रौतहट प्रहरी प्रमुख एसपी रविराज खड्काका अनुसार मोटरसाइकलमा आएका ३ जनालाई प्रहरीले रोक्न खोजेपछि गस्ती टोलीमाथि फायरिङ गरेपछि प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली शेख चाँदको खुट्टामा लागेको हो। घटनास्थलबाट प्रहरीले एउटा कटुवा पेस्तोल, एक राउण्ड गोली र खोका बरामद गरेको छ। चाँद संगै आएका आपराधिक गिरोहमा संलग्न दुई जना भने भारत तर्फ भाग्न सफल भएका छन् । प्रहरीको गोली लागेर घाइते चाँदको हाल गौरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here