सागर संगम, रौतहट /ईलका प्रहरी कार्यलय देवाही गोनाहीले गस्तीको क्रममा फेरी लालबकैया पुल बाट करिब उन्नचालिस हजार मुल्यबराबरको दुई वटा बोरामा बजाज कंपनीको डि टि एस आई नामक मोबिल र कागजात नभएको पालाटिना मोटरसाईकल सहित एक जनालाई पक्राउ गरेका छन। भारत बाट भन्सार छलेर बि आर ०५ एच ८८०३ नम्बरको कागज पत्र नभएको मोटर साईकलमा शिवनगर तर्फ ल्याउदै गर्दा मोबिल सहित बाराको सिम्रौनगढ नगरपालिका वडा नः ५ बस्ने अन्दाजी २७ वर्षिय मनोज प्रसाद पासवानलाई प्रहरीले नियन्त्रणमा लिएका छन । पक्राउ परेका पासवानलाई थप अनुसन्धान गरि जिल्ला प्रहरी कार्यलय गौरमा बुझाईएको ईलका प्रहरी कार्यलय देवाही गोनाहीका प्रहरी निरिक्षक साहले जानकारी दिनु भयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।