काठमाडौं ।। चीनबाट शुरु भउको कोरोना भाइरसको प्रकोप अहिले १३ मुलुकमा फलिएको छ । यसबाट हासम्म ८१ ज्नाको मृत्यु भएको छ । कोरोना भइरसको संक्रमण नेपालमा समेत भटिएको छ ।मृत्कमध्ये ४ जना बाहेक सबै हुबेई प्रान्तका छन्, जहाँबाट यो भाइरस उत्पन्न भएको थियो।
हालसम्म २७ सय जना यसबाट संक्रमित भएको चीनले पुष्टि गरेको छ। यद्यपि विज्ञहरुले यो संख्या करिब एक लाख हाराहारी हुनसक्ने चेतावनी दिइरहेका छन्।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण हुन नदिन तथा संक्रमण फैलिन नदिन विभिन्न उपाय अपनाउन आग्रह गरेको छ।

कोरोना भाइरसको लक्षण

–ज्वरो आउनु र खोकी लाग्नु,

–छिटोछिटो सास फेर्नु,

–सास फेर्न गाह्रो हुने,

–समयमा उपचार नभएका निमोनिया हुनु,

–सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु,

–मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु हुनसक्छ।

कोरोना भाइसरको संक्रमणबाट बच्न के गर्ने ?

–नियमित रुपमा हात सफा गर्ने,

– खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने,

–मासु र अण्डा राम्रोसँग पकाएर खाने,

–कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here