सिन्धुली ।। अख्तियार दुरुपयोग अनुशन्धान आयोग बर्दिबासले घुस अभियोगमा एक ईन्जिनियरलाई पक्राउ गरेको छ । अस्ति साँझ उपभोक्ता समितिसँग घुस लिएको अभियोमा सिन्धुलीको घ्याङलेख गाउँपालिकामा कार्यरत ईन्जिनियर दिलिपकुमार शाहलाई पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका डिएसपी मधुकुमार थापाका अनुसार गाउँपालिकामा विद्युत विस्तारको काम गरेको एक उपभोक्ता समितिसँग घुस नदिएसम्म बिल फर्छ्यौट गर्न नमानेपछि उनलाई अभियोग र नगदसहित पक्राउ गरिएको हो ।  ‘उनको साथबाट २ लाख २६ हजारको नगद र चेकसमेत नियन्त्रणमा लिइएको छ,’ डिएसपी थापाले भने ।  शाहलाई अख्तियार टोलीले कमलामाई नगरपालिका ६ को श्रेष्ठ होटलबाट उपभोक्ता समितिसँग चेक र नगद लिँदै गर्दा पक्राउ गरिएको डीएसपी थापाले बताउनुभयो । शाह गाउँपालिकाले करारमा राखेका इन्जीनियर हुन् । उनलाई दुई वर्षअघि गाउँपालिकामा नियुक्त गरिरएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...