काठमाडाैं ।। भन्सार क्षेत्रमा हुने नगदी रसिदको कारोबार बन्द गरेपछि अनियमितता कम भएको दावी सरकारले गरेको छ । पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँचपास हुने गरेकोमा त्यहाँको सबै आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत सुरु गरेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले दावी गर्नुभयो । यसअघि भन्सारबाट सामान आयात वा निर्यात गराउनका लागि ठूलो रकमको चलखेल हुने गरेको आरोप लाग्ने गरेको थियो । बैंकसमेत जान नपर्ने गरी डिजिटल भुक्तानीका लागि राष्ट्र बैंक, मन्त्रालय र भन्सार विभागबीच छलफल चलीरहेको छ । विभाग एकद्वार प्रणालीमा जानेसमेत तयारी भइरहेको छ । यो प्रणालीले कार्यालयको अन्तर समन्वयमा देखिएको समस्या समाधान हुने दावी गर्दै विभागका महानिर्देशक दाहालले पहिलो चरणमा २१ भन्दाबढी कार्यालय एकै छातामुनि रहने र सबै भन्सार कार्यालयहरु कागजविहीन हुने बताउनुभयो । हाल विभागले जोखिममा आधारित भन्सार जाँचपाससमेत कार्यान्वयनमा ल्याएको छ । भन्सार विन्दुमा करिब ४२ प्रतिशत हरियो र पहेलो मार्गबाट र बाँकी ५८ प्रतिशत रातो मार्गबाट जाँचपास भएको छ । रातो मार्ग भौतिक परिक्षण हुने जाँच प्रणाली हो यस्तो जाँचलाई २० प्रतिशतमा सीमित गरी व्यापार सहजीकरण गर्ने विभागको योजना छ । आज ६८औँ भन्सार दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । सप्ताह व्यापी रुपमा दिवस मनाइएको विभागले जनाएको छ ।
आज ६८औँ भन्सार दिवस मनाइँदै,भन्सार क्षेत्रमा हुने अनियमितता कम
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।