काठमाडाैं ।। नेपालमा नोबेल कोरोना भाइरस देखिएको छ । ‘नोबेल कोरोना भाइरसका शंकास्पद बिरामीको रगत र ¥यालको नमूना विशेष परीक्षणका लागि हङकङ पठाइएकोमा त्यो नमूनामा भाइरस भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले हिजो पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । चीनमा निमोनिया उत्पन्न गर्ने नयाँ भाइरस देखिएपछि त्यहाँबाट आएका बिरामी, नेपाली विद्यार्थीको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरिएको थियो । अन्य बिरामीभन्दा अलग राखेर ति बिरामीको डेंगु, स्क्रब टाइफस, इन्फ्लुएन्जा लगायत सबै जाँच गरिएको थियो । यसैबीच स्वास्थ्य मन्त्रालयले शंकास्पद बिरामीको रिपोर्टिङ गर्ने फारम र रोगबारेको सूचना सामग्री सबैले पाउने गरी उपलब्ध गराइसकेको जनाएको छ । त्यस्तै कोरोना भाइरस संक्रमित बिरामी आउन सक्ने स्थानमा तयारी र सतर्कतासमेत अपनाएको छ । त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाएर उपयुक्त जनशक्ति र उपकरणसहित नेपाल भित्रने शंकास्पद बिरामीको निगरानी भइरहेको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै चीनबाट नेपाल आउने हरेक विमानहरुमा यात्रुको स्वास्थ्यसम्बन्धी फाराम भरी विमानस्थलमा पेश गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here