काठमाडौं ।। नेपालमा ६७ प्रतिशत नागरिक कृषिमा आश्रित रहेको कृषि विभागको तथ्यांक छ । किसानलाई सहज बनाउन सरकारले पनि विभिन्न नीति र कार्यक्रमहरु बनाउने गरेको छ । तर पनि किसानको पेशा र जीवन आधार नै संकटमा परेको छ । सर्लाहीका चन्द्रिका राउतले आफ्नो बारीमा आलु, बेसार, मकै लगायतका बाली लगाउनुभएको छ । स्थानीय तहमा आएका कृषिका कुनै पनि अनुदान उहाँले अहिलेसम्म पाउनु भएको छैन । रसुवाका किसान तिलक थापा बर्षौदेखि काउली, बोडी, प्याजको खेती गर्नुहुन्छ । मूल्यमा उहाँ सधै ठगिनु हुन्छ । बाजुराका हितमान वलीले बेच्ने बजार पनि पाउनु भएको छैन । किसानले भनेको समयमा मल, विउविजन पाउँदैनन् । अनुदान, सेवा सुविधा पहुँच वालाले लिन्छन्, उब्जाएको कृषि उपजले सहजै बजार पाउँदैन, बजार भेटिएपनि मूल्य विचौलियाले खाइदिन्छ । किसानले भोग्नुपर्ने हैरानीको चाङ निकै ठूलो छ । सरकारका हरेक योजना र कार्यक्रममा किसानको जीवन उकास्ने विषय नछुटे पनि व्यवहारमा नदेखिंदा खेती किसानी पेशा अभिशाप जस्तै बनेको छ । नेपाली किसान पेशाबाटै पलायन हुनुपर्ने गम्भीर मोडमा पुगेकाले नेपाल किसान मर्ने देशका रुपमा परिचित हुन थालेको विज्ञहरुको तर्क छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here