काठमाडाैं ।। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । विभागको मौसम पूर्वानुमान महाशाखाले निकालेको मौसमको पूर्वानुमान बुलेटिन अनुसार अहिले देशका तराई भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी स्थानहरुमा मौसम सफा रहेको छ । आज दिउँसो देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रही मध्य र पश्चिमी पहाडी भूभागमा मौसम सफा रहनेछ । देशका तराईका भूभागमा भने हुस्सु र कुहिरो रहनेछ । आज राति देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी स्थानमा मौसम रहनेछ । तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो रहने र ती स्थानमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।