काठमाडौँ ।। चिसो मौसममा बिभिन्न संक्रमणबट बच्न खानपानमा बिशेष ध्यान दिनु पर्ने हुन्छ । हामिले प्रशस्त मात्रामा सागसब्जी आएमा चिसोबाट हुने संक्रमणबट बच्न सकिन्छ । हाम्रो करेसाबारीमा पाइने एक महत्वपुर्ण सागसब्जी हो मेथीको साग ।
मेथीको तरकारीको सेबन गर्नाले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुग्छ ।नियमित मेथीको सागको तरकारी सेबन गरेमा धेरै रोगबाट बच्न सकिन्छ । मेथीको सागमा प्रशस्त एमिनो एसिड हुने भएकाले यसको सेबनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ ।
मेथीको साग नियमित खाँदा रक्तचाप नियन्त्रण हुन्छ । मेथीको सेवनले मुटुसम्बन्धी समस्या कम गर्न मद्दत गर्छ ।यसले हृदयघातको सम्भावनालाई कम गर्छ । यसको सेबनले तौल नियन्त्रण पनि गर्न सहयोग गर्छ । मेथीको साग खानाले जोर्नीको दुखाईसमेत कम हुन्छ । यसको सेबनले कब्जियत, ग्यास्ट्रिक लगायत पेटसम्बन्धी समस्या समाधान हुन्छ ।