काठमाडौं ।। नेपाल –भारत सिमाको बुधनगर र भारतको जोगमनीमा निमार्ण सम्मपन भएको एकीकृत जाँच चौकी (आईसीपी) प्रधानमन्त्री केपी शर्मा आली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा डिजिटल माध्यमबाट एकै साथ स्वीच थिच्दै आइसिपीको उद्घाटन गरेकोे वाण्ज्यि मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए । प्रधानमन्त्री ओलीले काठमाडौँ र भारतीय प्रधानमन्त्री मोदीले दिल्लीबाट आज एकै समयमा भिडियो कन्फ्रेसमार्फत् विराटनगरस्थित एकीकृत जाँच चौकीको संयुक्त रुपमा उद्घाटन गरेका छन् । । उदघाटन लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइसिपी नेपाललाई हस्तान्तरणको घोषणा गरेका छन् भने नेपालका प्रधानमन्त्रीले त्यसको स्वामित्व ग्रहण गरेका छन् ।उद्घाटनका क्रममा भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपयुक्त समयमा नेपाल भ्रमण गर्न मोदीलाई निम्तो दिएका छन् । यो भ्रमणका क्रममा दुई देशको सम्बन्धमा हासिल भएको उपलब्धिको समीक्षा गर्दै अझ अगाडि बढाउने अवसर पाउने उनले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here