काठमाडौं ।। राष्ट्रियसभा सदसयको अगामी बिहिबार हुने निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट अवधि शुरु हुदैँ छ । निर्वाचन अचारसंहिता बमोजिम ४८ घण्टा अगाडिदेखि प्रचारप्रसार गर्न नपाइने उल्लेख छ । खर्थात माघ ६ गते सोमवार राति १२ बजेदेखि मौन अवधि शुरु हुने आयोगले जनाएको छ । मौन अवधिमा कुनै पनि सञ्चार माध्यमबाट निर्वाचन प्रचारप्रसार कार्य गर्न गराउन पाइने छैन । राष्ट्रियसभाको रिक्त हुन लागेका १८ सिटका लागि यही माघ ९ गते बिहीबार निर्वाचन हुँदैछ । सातवटै प्रदेशमा हुने निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतजायर गरेर राष्ट्रियसभाका भावी सदस्य छनोट गर्नेछन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।