काठमाडाैं ।। प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकबाट सभामुख चयनको प्रक्रिया अगाडी बढ्ने छ । ४ महिनादेखि सभामुख विहीन रहेको प्रतिनिधिसभा बैठक प्रभावित हुँदै आएको थियो । संसद सचिवालयका एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेपछि गत असोज १४ गते पूर्व सभामुख कृष्णबहादुर महराले राजीनामा दिएसँगै सभामुख पद रिक्त छ । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पनि सभामुखमा दावी गर्दै आउनुभएको बेला नेकपाले हिजो स्थायी कमिटी सदस्य अग्नीप्रसाद सापकोटलाई सभामुखको उम्द्वार बनाउने निर्णय गरेको छ । सचिवालय बैठकले सापकोटालाई सभामुखको उमेद्वा बनाउने निर्णय गरेसँगै सभामुख चयनको विषयलाई लिएर सत्तारूढ दल नेकपामा देखिएको शक्तिसंघर्ष टुंगिएको छ । नेकपा सचिवालय बैठकले हिजो स्थायी कमिटी सदस्य सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको हो । अब प्रतिनिधिसभालाई सभामुखको चुनाव गराउने बाटो खुलेको छ । सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिनुभयो । यसअघि नेकपाले सभामुखको उम्मेदवार तोक्न नसक्दा संसद् बैठक एक महिनामा चार पटकसम्म स्थगित भएको थियो । सचिवालय बैठकमा आइतबार अध्यक्ष पुष्पकमल दाहालले सभामुखका लागि सापकोटाको नाम प्रस्ताव गर्नुभएको थियो । त्यसअघि दुई अध्यक्षबीच हिजो छललफल भएको थियो । सभामुखका लागि सिफारिस सापकोटा पछिल्लो २०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भएर हाल प्रतिनिधसभामा सांसद हुनुहुन्छ । शिक्षण पेशा पृष्ठभूमिबाट आउनुभएका सापकोटा २०३५ सालबाट राजनीतिमा सक्रिय हुनुहुन्छ । सापकोटा यसअघि २०६४ र २०७० को संविधानसभा निर्वाचनमा साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको थियो । आजको बैठकका लागि नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६, विधायन व्यवस्थापन समितिको प्रतिवेदन संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७५ माथि दफावार छलफल गर्ने कार्यसूची पनि तय गरिएको छ ।
प्रतिनिधिसभाको बैठक आज बस्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।