एजेन्सी ।। भारतीय क्रिकेटर टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई सेन्ट्रल कन्ट्रयाक्टबाट हटाएको छ । बीसीसीआईले पहिलोपल्ट धोनीले ए श्रेणीको सम्झौता गुमाएका छन् ।
बीसीसीआईले बिहीबार सार्वजनिक गरेको नयाँ सूची अनुसार अक्टोबर २०१९ देखि सेप्टेम्बर २०२० सम्मका लागि सिनियर टिमका २७ खेलाडीको वर्गीकरणमा धोनीको नाम समावेश छैन ।
६ महिनाअघि एक दिवसीय विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित भएयता धोनीले भारतीय टिमबाट विश्राम लिएका छन् । उनी राष्ट्रिय टिममा फर्कने सम्बन्धमा आफैँले पनि निर्णय नलिएका बेला बीसीसीआईको यो वर्गीकरण सार्वजनिक भएको हो ।
अघिल्लो वर्षको वर्गीकरणमा धोनी ‘ए’ क्याटागोरीमा परेका थिए । पछिल्लो वर्गीकरणमा राष्ट्रिय टिमबाट खेल्ने खेलाडीलाई चार क्याटेगोरीमा विभाजन गरिएको छ ।
कप्तान विराट कोहली, शीर्ष ब्याट्सम्यान रोहित शर्मा र फाष्ट बलर जसप्रित बुमराह गरी तीन खेलाडी ‘ए प्लस’ क्याटागोरीमा छन् । उनीहरुले वार्षिक सात करोड भारु पारिश्रमिक पाउनेछन् ।
‘ए क्याटागोरीमा रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वर पुजारा, अजिंक्या राहणे, केएल राहुल, शिखर धवन, मोहम्मद सामी, इशान्त शर्मा, कुलदीप यादव र ऋषभ पन्त गरी ११ खेलाडी समावेश छन् । उनीहरुले वार्षिक ५ करोड भारु पारिश्रमिक पाउनेछन् ।
त्यस्तै बी क्याटागोरीमा ऋद्धिमान शाह, उमेश यादव, युजवेन्द्र चहल, हार्दिक पन्ड्या र मयंक अग्रवाल गरी ५ खेलाडीले वार्षिक तीन करोड भारु पारिश्रमिक पाउनेछन् ।
सी क्याटागोरीमा केदार जादव, नवदीप सैनी, दीपक चहर, मनिष पान्डे, हनुमा बिहारी र शार्दुल ठाकुर, श्रीयाश आयर र वाशिंटन सुन्दर गरी आठ खेलाडीले वार्षिक एक करोड भारु पारिश्रमिक पाउनेछन् ।
धोनी भारतीय क्रिकेट बोर्डकाे वार्षिक सम्झौताबाट बाहिर
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।