रौतहट ।। प्रदेश नं. २ का भुमि व्यवस्था तथा कृषी राज्य मन्त्री योगेन्द्र यादवले, प्रदेश सरकारको बेटीको पढाउ बेटी बचाउ भन्ने सपना सकार हुदै गएको छ ।
आज विहिवाररौतहटको गौर नगरपालिकाका आयोजना तथा मख्य मन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रमको सहयोगमा गौरमा आयोजित प्रदेश नं. २ का सवै जिल्ला सहित रौतहट जिल्लामा २०७५ साल माघ १ गते देखि जन्मेका छोरी (बेटी) हरुको विमा शुरुआत गर्ने कार्यक्रमको प्रमुख अतिथको रुपमा बोल्नु हुदै, मन्त्री यादवले, बेटी पढाउ बेटी बचाउ भन्ने सपना सकार हुदै गएको बताए ।
मन्त्री यादवले, प्रदेश नं. २ का सवै जिल्ला सहित रौतहटमा २०७५ साल माघ १ गते देखि जन्मेका छोरी (बेटी) हरुको सवा लाखको विमा गराए पछि सुविसु नेटले विमितको घरमा तिन महिनाको लागि ईन्टर नेट फ्रि उपलव्ध समेत गराउने बताएका थिए ।
गौर नगरपालिका नगर प्रमुख अजय गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख किरण ठाकुर, बेटीको पढाउ बेटी बचाउको रौतहट जिल्ला सम्योजक सोभा साह, गौर अस्पताल विकास समितिका सदस्य ओमप्रकाश साह मधेशीय, विमा कार्यक्रमका रौतहट संयोजक कृष्णा साह, सुविसु ईन्टरनेटका रौतहट मैनेजर सुनिल शर्मा, पत्रकार दिनेश संगम लगायत आम नागरिकहरुका बाक्लो उपस्थित रहेको थियो ।
शुभारम्भ कार्यक्रममा गौर नगर क्षेत्रका करिव २ दर्जन बेटीहरुको विमा भएको संयोजक कृष्णा साहले जानकारी गराए । शुभारम्भ कार्यक्रमको संचालन गौर नगरपालिका शिक्षा संयोजक गणेश गिरिले गरेको थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here