काठमाडाैं ।। प्रदेश नम्बर पाँचमा एसईई परीक्षाको नतिजा सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन हुने भएको छ । माघको पहिलो हप्तादेखि अभियानकै रुपमा प्रदेश सरकारले विज्ञान र गणित विषयको अतिरिक्त कक्षा सुरु गर्न लागेको हो । गत वर्षको एसईईको नतिजामा गणित र विज्ञान विषयमा धेरै विद्यार्थीहरु अनुत्तिर्ण भएको र कम ग्रेड ल्याएकाले नतिजा सुधारका लागि विशेष कक्षा सञ्चालन गर्न लागिएको प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री स्ुदर्शन बरालले सीआईएनसँग बताउनुभयो । प्रदेश सरकारले माघ र फागुन महिनाभरि अतिरिक्त कक्षा सञ्चालन गर्नेछ । आगामी वर्षदेखि भने कक्षा आठदेखि नै अतिरिक्त कक्षा सञ्चालन गर्ने तयारी रहेको मन्त्री बरालले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here