जनकपुर ।। प्रदेश नम्बर दुईमा मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छोरी शिक्षा बीमा सप्ताह आजबाट सुरु हुँदैछ । आजदेखि आठ वटै जिल्लामा एकैसात कार्यक्रम शुरु हुन लागेको प्रदेश सरकारले जानकारी दिएको छ । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले विरगञ्जको त्रियुद्ध माध्यामिक विद्यालयबाट अभियानको शुभारम्भ गर्नु हुनेछ । बाराको सिद्धेश्वर मावि कलैया, रौतहटको बाल मन्दिर गौर, सर्लाहीको ईश्वरपुर नगरपालिकाको कार्यालय, महोत्तरीको लचमु मावि जलेश्वर, धनुषाको लक्ष्मिनिया गाउँपालिकाको कार्यालय, सिरहाको कल्याणपुर नगरपालिका र सप्तरीको बोदेबरसाइन चन्द्र माविबाट एकैसाथ अभियान शुरु हुने मुख्य मन्त्रीको कार्यालयले जनाएको छ । अभियान अन्तरगत एक महिनासम्म गाउँपालिकामा १ दिन, नगरपालिकामा २ दिन, उपमहानगरमा ३ दिन र महानगरमा ४ दिन शिविर सञ्चालन हुने मुख्य मन्त्री लालबाबु राउतले सीआईएनसँग बताउनुभयो । यसैबीच, प्रदेश २ मा छोरीको बीमा गराउने अभिभावकले तीन महिनासम्म निःशुल्क इन्टरनेट पाउने भएका छन् । प्रदेश सरकारले छोरीको बीमा गराउने अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट प्रदान गर्ने घोषणा गरेको हो । प्रदेश २ सरकारले शुरु गरेको ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत छोरीहरुको शिक्षा बिमा गराउने काम शुरु गरेसँगै प्रदेश सरकारले यस्तो घोषणा गरेको हो । २०७५ साल माघ यता जन्मिएका हरेक छोरीको बीमा गराउने बताएको प्रदेश सरकारले ती बालिकाको अभिभावकलाई इन्टरनेट पनि दिने जनाएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here