काठमाडाैं ।। आज माघ २ गते अर्थात् वि.स. १९९० मा महाभूकम्प गएको दिन । यस दिनको स्मरणमा ‘भूकम्पबाट सुरक्षित पूर्वाधार ः दिगो, सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ आज २२ औं भूकम्प सुरक्षा दिवस मनाइंदै छ । नेपालमा बेलाबेला ठूला भूकम्प जाने र ठूलो जनधनको क्षति हुने गरेको छ । भूकम्पीय जोखिम न्यूनीकरण गर्न विभिन्न प्रयास भइरहे पनि नेपालको पूर्व, मध्य र पश्चिम क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले पूरै नेपाल भूकम्पीय जोखिममा रहेको भूगर्भविद्हरु बताउँछन् । वि.सं. ११९० माघ २ गते नेपालमा ८.३ रेक्टर स्केलको महाभूकम्प गएको थियो । त्यस भूकम्पमा करिब आठ हजार मानिसको मृत्यु भएको थियो । भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गर्न भन्दै माघ २ गतेलाई ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’ का रुपमा मनाउने गरिएको छ । नब्बे सालपछि नेपालमा २०७२ वैशाख १२ मा ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार पूरै नेपाल भूकम्पीय जोखिममा छ । कम जोखिम क्षेत्र यो हो भनेर भन्ने ठाउँ नै नभएको उहाँले बताउनुभयो । हिमालय, भूकम्पीय उथलपुथलका कारण बनेको क्षेत्र भएको भन्दै अधिकारीले प्रत्येक ठाउँ जोखिममा रहेको नेपालीहरु जोखिम क्षेत्रमै बसोबास गर्दै आएको बताउनुभयो । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्प पछि ५० हजारभन्दा बढी परकम्प गएका छन् । २०७२ को भूकम्पमा करिब ९ हजार मानिसको मृत्यु भएको थियो भने २२ हजार मानिस घाइते भएका थिए । आठ लाख घर क्षति भएको भूकम्पका कारण सात खर्ब रुपियाँ बराबरको भौतिक क्षति भएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here