राजेन्द्र महतो
लहान ।। प्रदेश न २ सरकारले प्रदेशका सबै जिल्लाका अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ। धनुषामा अवैध उत्खननको विरोध गरेपछि एक युवकको हत्या भएपछि सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशका सबै जिल्लामा मापदण्ड विपरीत सञ्चालन भएका क्रसर उद्योग बन्द गराउने निर्णय गरेको हो । गैरकानूनी रुपमा नदीजन्य पदार्थ उत्खनन रोक्न र नदीहरुको अवस्थाबारे जानकारी गराउन प्रदेश सरकारले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्रसमेत पठाएकोआन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताएका छन। अवैध उत्खनन्को विरोध गर्द शुक्रबार धनुषाको मिथिला नगरपालिका–५ का २४ वर्षीय दिलीपकुमार महतोको टिप्परले किचेर हत्या गरिएको थियो । त्यसपछि प्रदेश सरकारले कडाइ गर्न सुरू गरेको हो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।