काठमाडाैं ।। प्रदेश नम्बर तीनको नाम र राजधानीको टुङ्गो लागेसँगै चार ओटा प्रदेशले आफ्नो प्रदेशको स्थायी राजधानी र नामको टुङ्गो लगाएको भएपनि अझै तीन ओटा प्रदेशले नाम र राजधानीको टुङ्गो लगाउन सकेका छैनन् । प्रदेश नम्बर दुइको प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित भएसँगै प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पनि अन्योलमा परेको छ । प्रदेश नम्बर दुईको हिजो दिउँसो एक बजे बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको छ । अर्काे सूचना जारी नभए सम्मका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यस्तै प्रदेश नम्बर एक र प्रदेश नम्बर पाँचले पनि राजधानी र नामको टुङ्गो लगाउन सकेको छैन । प्रदेश पाँचको राजधानीको लागि दाङ, बुटवल, नेपालगञ्जको नाम चर्चामा छ, यद्यपी कहाँ राजधानी बनाउने भन्नेमा सहमति जुटाउन सकिएको छैन । सीआईएनसँग कुरा गर्दै प्रदेश नम्बर ५ का प्रदेशसभाका उपसचिव श्याम श्रेष्ठले आउँदो माघ भित्र यस बिषयमा टुङ्गो लागिसक्ने बताउनुभयो । यस्तै प्रदेश नम्बर एकको धनकुटा, विराटनगर लगायतका स्थान चर्चामा रहेपनि औपचारिक निर्णय हुन सकेको छैन । प्रदेशसभा १ का प्रवक्ता दिपक घिमिरेले यहि माघ भित्र बस्ने प्रदेशसभाले यसको टुङ्गो लगाउने बताउनुभयो । प्रदेश नम्बर ५ नाम लुम्बिनी तथा १ को नाम सगरमाथ राख्न प्रस्ताब भएपनि औपचारिक निर्णय हुन सकेको छैन ।
चार प्रदेशले राजधानी तोके,तीन प्रदेश अन्योलमा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।