रौतहट ।। रौतहट जिल्ला कारागार गौरबाट आइतबार राति एक जना कैदी फरार भएका छन् । अपहरण तथा शारीरिक बन्दकको अभियोगमा गौर कारागारमा कैद भुक्तान गरिरहेका एक कैदी आइतबार राति फरार भएका छन् । वृन्दवन नगरपालीका–२ घर भएका २७ वर्षिय अशोक यादव राति कारागारबाट फरार भएका हुन् । सर्लाहीमा भएको बालक अपहरण मुद्दामा यादवलाई अदालतले १५ वर्ष कैद सजाय सुनाएको थियो । विगत ३ वर्ष देखि जेल सजाय भोगिरहेका यादव राति कैदी गन्ने क्रममा कारागारका कार्यालय सहायक एकरामुल हकको मिलोमतोमा भागेको हुनसक्ने जिल्ला प्रहरीका डिएसपी नविन कार्कीले बताए । यादव इलेक्ट्रिसियन थिए।
फरार भएका यादवको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले बताए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।