काठमाडौं ।। छोकडा एक पोषक तत्वको भण्डार हो । यसको सेवनले गर्दा तपाइको स्वास्थ्यको लागी फाइदा जनक हुन्छ । छोकडामा आइरन, मिनरल, क्याल्सियम, अमीनो एसिड, फस्फोरस र भिटामिन अत्याधिक मात्रामा पाइन्छ । एउटा छोकडाबाट २३ क्यालोरी प्राप्त गर्न सकिन्छ। यसलाई दैनिक ४ देखि ५ ओटा खाँदा धेरै फाइदा हुने बताएका छ ।
छोकडा खानुका फाइदा
पाचन प्रणाली सहज स् छोकडाको सेवनले आन्द्रामा त्यस्तो व्याक्टेरियाहरुको बृद्धि गर्छ की जुन ब्याक्टेरीले पाचन प्रणालीलाई फाइदा गर्छ । छोकडामा पर्याप्त मात्रामा फाइबरहरु पाइन्छ ।
जोस बढाउँछ स् सामान्तयता छोकडामा चिनी, ग्लुकोज, फ्रुक्टोज र सुक्रोजहरु प्रसस्त मात्रामा पाइन्छन् । जसले हामीलाई शक्ति दिने गर्छ । जसका कारण शरिरमा स्फुर्ति बढ्छ र जाँगरीलो बनाउँछ ।
मस्तिष्कको क्षमतामा बृद्धीका लागि सहयोगी स् छोकडामा पाइने भिटामीनले मस्तिष्कमा सेरोटोनिन र नोरेपिनेफ्रिनको उत्पादन गर्न मद्धत गर्छ जसले, मस्तिष्कको क्षमता अभिबृद्धि गर्न मद्दत गर्छ ।
कब्जियतबाट बचाउँछ स् छोकडाको नियमति सेवन गर्ने हो भने यसले कब्जियतका विरामीहरुलाई समेत सहज गराउँछ ।
मुटको स्वस्थ राख्न मद्दत स् छोकडामा पोटासिय पाइन्छ जसले मुटुलाई स्वस्थ्य राख्न समेत राम्रो काम गर्छ । यसका साथै छोकडाले शरीरलाई चाहिने भिटामिन ए, बी र सीको मात्रालाइ समेत परिपूर्ति गर्छ। जसले शरीरलाई र आँखालाई चाहिने सबै तत्त्व पाउँछ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here