काठमाडौं ।। नेकपाले सभामुखको उम्मेदवार चयन गर्न ढिलाइ गर्दा प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको छ । पुस ११ गतेका लागि बोलाईएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर पुस १६ गतेका लागि सारिएको थियो । १६ गतेको बैठक पनि बस्दै नबसी २७ गते भोली (आईतबार) लागि सारिएको छ । सभामुखको उम्मेदवार कसलाई बनाउने भन्नेमा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्प कमल दाहाल (प्रचण्ड) बीचमा कुरा नमिल्दा प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको हो । पार्टी एकीकरण पछिको सहमति अनुसार प्रधानमन्त्री पूर्व एमाले र सभामुख पूर्व माओवादीको भागमा परेको थियो । पूर्व माओवादीका नेताहरुले फेरि पनि त्यही समिकरण नभत्कने गरि सभामुख आफ्नो पक्षले पाउनुपर्ने दवाव अध्यक्ष प्रचण्डलाइ दिइरहेका छन् । तर अर्का अध्यक्ष ओली अब एउटै पार्टी भएकाले त्यो भागबण्डा मान्न तयार नदेखिंदा झनै समस्या भएको छ । दुईजना अध्यक्षले टुंग्याउने चलन भएकाले यो विषयलाई छिट्टै टुंग्याउनुपर्ने नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङको भनाइ छ । पूर्व माओवादीको तर्फबाट अग्नि सापकोटा, देव गुरुङ, टोपबहादुर रायमाझी, पम्फा भूसालको नाम चर्चामा छ । पूर्व एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङ तथा हालका उपसभामुख शिबमाया तुम्बाहाङ्फे दौडमा देखिनुभएको छ । प्रधानमन्त्री ओली सकेसम्म नेम्वाङ्लाई नै सभामुख बनाउने चाहानामा देखिनुभएको छ । राष्ट्रपति अहिलेका उपसभामुखको पक्षमा वकालत गरिरहनु भएको छ । सभामुखका लागि व्यक्ति ताना–तानमा प्रतिनिधिसभाको सभामूख चयन प्रक्रिया नै लम्बिएको छ । दलहरुको तर्फबाट आकस्मिक आग्रह नआएमा अहिलेसम्म सचिवालय बैठक चलाउने तयारीमा छ । भोली दिउँसो १ बजेका लागि बोलाईएको बैठकको सम्भावित कार्यसूची तयार पारिएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताउनुभयो । संसद सचिवालयले तयार पारेको कार्यसूचीमा प्रधानमन्त्री ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेद २०७६ पेश गर्ने, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले रेल विधेयक र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पनि एउटा विधेयक पेश गर्नुहुनेछ । नेकपामा सहमति भएन र उपसभामुखले राजीनामा दिनुभएन भने सभामुखको चयन प्रक्रिया झनै पर पुग्ने देखिएको छ ।
Home मुख्य समाचार नेकपाले सभामुखको उम्मेदवार चयन गर्न ढिलाइ गर्दा प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै
नेकपाले सभामुखको उम्मेदवार चयन गर्न ढिलाइ गर्दा प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।