रौतहट ।। रौतहट जिल्लाको कटहरिया नगरपलिकामा एक जनाको मृत्यु भएको छ । जिल्लको कटहरिया नगपालिका वार्ड नम्बर ९ डुमरिया टोल स्थित रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल इन्डष्ट्रीजमा एक जनाको मृत्यु भएको छ । ना १ च ४१४० नम्बरको ट्रैकटरले किचेर नाम खुलन नसकेको अन्दाजी ३५ वर्षिय एक जना पुरुष को मृत्यु भएको इलाका प्रहरी कार्यलय गरुडाले जानकारी गराएका छन् ।
गएराती सावा ९ बजेको घटना भएको जनाइएको हो । प्रारम्भिक अनुुसंधान बाट ट्रैकटरले किचेर मृत्यु भएको हुन सकने प्रहरीले भनेको हो । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकि रहेको छ । सावारी दुर्घटना बढेकोले सचेत भएर सावारी साधन चलाइ दिनु हुन गरुडाका डिएसपी ज्ञान कुमार महतोले आग्रह गरेका हुन् । घटना बारे थप अनुसनधान हुदैँ छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।