सांकेतिक तस्विर

डडेल्धुरा ।। बिहिबारदेखिको हिमपातका कारण डडेल्धुरा अस्पतालमा अलपत्र परेका एक बिरामीको नेपाली सेनाको हेलिकोप्टरले उद्दार गरेको छ । हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न राजर्माग अवरुद्ध भएपछि बिरामी अस्पतालमै अलपत्र परेका थिए । दार्चुलाको लेकम गाउँपालिका– ४ का ३८ वर्षका माधवी पाल बिहीबार दिउँसो भिरबाट खसेर अचेत अवस्थामा हुनुहुन्थ्यो । उहाँलाई उपचारको लागि डडेल्धुरा अस्पताल ल्याइएको थियो । टाउकोमा गम्भीर चोट लागेका उहाँको डडेल्धुरा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि अन्यत्र रेफर गरिएको थियो । तर, हिमपातका कारण राजमार्ग अवरुद्ध भएकाले उहाँलाई कतै लैजान सकिएको थिएन । भिरबाट लडेर ३ दिनसम्म अचेत अवस्थामा रहनुभएका पाललाई थप उपचारको लागि सेनाको हेलिकप्टर मार्फत् बाँके जिल्लाको कोहलपुर अस्पतालमा लगिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयले खर्च व्यहोर्ने गरि बिरामीको उद्दार गरेको उहाँले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here