बारा ।। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघ सरकारले यातायात व्यवसायको सम्बन्धमा स्पष्ट कानुन नबनाउँदा ट्रक व्यवसाय धरासायी बन्दै गएको आरोप लगाउनुभएको छ । पछिल्लो समय ट्रक व्यवसाय धरासायी बन्दै गइरहेको अवस्थालाई आफूले बुझेको भन्दै मुख्यमन्त्री राउतले प्रदेश २ यातायात व्यवसायीको समस्या समाधानमा गम्भीर भएर लाग्ने बताउनुभयो । तराई यातायात व्यवसायी संघ सिमराको १४ औँ वार्षिक साधारणसभा तथा पाचौँ अधिवेशन उद्घाटन गर्दै उहाँले प्रदेश २ सरकारले यातायात मैत्री कानुन निर्माणमा जोड दिने बताउनुभयो । तराई यातायात व्यवसायी संघमा आवद्ध सवारीहरु समेत पछिल्लो समय प्रदेश ३ का विभिन्न संघसंस्थामा जान थालेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले व्यवसायीका समस्यालाई बुझेर सोही अनुकुल हुनेगरी कानुन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।