जुम्ला ।। जुम्लामा छाउपडी उन्मुलन गर्न महाअभियान सुरु भएको छ । सामाजिक कुँसस्कारको रूपमा रहेको छाउपडी प्रथा उन्मुलन गर्न जिल्ला प्रशासन कार्यालको समन्वयमा हिजोबाट महाअभियान सुरु भएको हो । मुगाल समुदायका छिरिङ ल्हामु लामालाई छाउ नबारे मात्र स्वस्थ भईने सन्देश दिने पहिलेदेखिको चाहना थियो । जिल्ला प्रशासनको छाउपडि उन्मुलन महाअभियानमा सहभागी हुँदा उहाँले भन्ने अवसर पाउनुभयो । छाउपडी कायमै रहनुमा धामी, झाँक्रीलगायत पुजारीहरूको भूमिका रहेको भन्दै आलोचना हुन्छ । तर छाउपडी उन्मुलन महाअभियान सफल पार्न जुम्लाका धामीझाँक्रिले समेत ऐक्यवद्धता जनाएका छन् । स्थानीय धामी पूर्णसिंह कठायत धामीझाँक्रिको कमीकमजोरीका कारण पनि छाउपडी हट्न नसकेको भन्दै छाउपडी अन्त्यका लागि अब आफूहरुको पूर्ण साथ र सहयोग रहने बताउनुहुन्छ । महिलालाई सुरक्षित बनाउने र कुरीति अन्त्यका लागि सरकारको यो अभियानमा आफूहरु सार्थ रहेको पनि उहाँले बताउनुभयो । हालसम्म जिल्लाका २६ बस्ति छाउगोठ मुक्त भईसकेका छन् । चेतना बढेसँगै छाउ बार्नेहरू पनि घट्दै गएका तिला ३ दानिबाडाकी शान्ति तिरुवाको भनाइ छ । अभियान अन्तर्गत जुम्लाका प्रत्येक बस्तिमा भएका छाउगोठ भत्काईने छ । छाउबार्ने परिवारमा सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता समेत काट्ने र छाउबार्ने तथा गोठमा बस्न बाध्य पार्नेलाई कानुन अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयो । महिनावारी भएको समयमा महिलामाथि गरिने विभेद कानूनले समेत जघन्य अपराध मानेको छ । केही दिनअघि सरकारले छाउपडी मान्ने र मान्न लगाउनेको सबै सेवासुविधा कटौती गर्न निर्देशन दिएपछि स्थानीय प्रशासनहरू छाउपडि अन्त्यको अभियानमा केन्द्रित भएका छन् ।
छाउपडी उन्मुलन गर्न महाअभियान जुम्लामा सुरु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।