काठमाडौं ।। किसानले उखुको मूल्य नपाएको विषयमा राष्ट्रियसभाका सांसद्हरूले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको हिजोको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले सरकारको धारणा सार्वजनिक गरेलगत्तै मन्त्री र सांसदहरुले सवाल जवाफ गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद रमेश यादवले किसानले भुक्तानी नपाएको र किसानले लिएको ऋणको विषयमा सरकारको धारण के छ ? भन्ने प्रश्न गर्नुभयो । सांसद बलराम बास्कोटाले उखु किसानका समस्या वर्षेनी देखिएकोले नीतिगत रुपमा सच्याउन आग्रह गर्नुभयो । उखु किसानको समस्या वार्ताबाट थामथुम पार्न खोजिएकोमा पनि सांसद्हरूले असन्तुष्टि जनाएका थिए । सरकारले घोषणा गरेको एक अर्ब ३४ करोड अनुदान रकम किसानले पाएका छैनन् । उद्योगीबाट ठगिएका उखु किसान बैंक र साहूबाट थप पीडामा परेको सांसद रामपृत पास्वानको भनाइ छ । सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट्ले कार्यदलको प्रतिवेदनपछि आवश्यक कदम उठाउने बताउनुभयो । सरकारले किसानलाई माघ सात गतेभित्र सबै रकम भूक्तानी गर्ने आश्वासन दिएको छ । किसानको ऋण, उनीहरुको समस्याहरु समग्र अध्ययन गरी सरकारले आवश्यक कदम उठाउने उहाँले बताउनुभयो । सरकारले किसानलाई माघ सात गतेभित्र सबै रकम भूक्तानी गर्ने आश्वासन दिएको छ । आन्दोलनरत उखु किसानले भने माघ सात गतेभित्र सम्पूर्ण रकम भूक्तानी नभए देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here