रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरमा सञ्चालन रहेको मासु पसलहरुको मंगलवार अनुगमन गरिएको छ । स्तरीय तथा स्वास्थ्य मासु विक्री वितरण गर्नु पर्ने उदेश्यले पसल अनुगमन गरिएको हो ! जिल्ला प्रसाशन कार्यालयको सहयोगमा घरेलु तथा साना उद्योग कार्यालयले मासु पसल अनुगमन गरेको हो ।
जिल्ला पशु भेटेनरी अस्पताल विज्ञ केन्द्रको प्रतिनिधि समेत सहभागी भएका अनुगमन टोलीले गौरमा रहेको १२ वटा मासु पसलको अनुगमन गरेको जिल्ला प्रसाशन कार्यालयका नायव सुब्बा रामनरेश साहले बताएका छन । नेपाल भ्रमण वर्षको शुभारम्भको पूर्व संध्यामा मासु पसलको अनुगमन गरिएको हो ।
अनुगमन टोलीले पसलबालाहरुलाई शुद्ध र साफा स्वास्थ्य मासु विक्री गर्ने समेत निर्देशन दिएको साहले बताए । खराव मासु विक्री गर्नेलाइ कÞानूनी कार्यवाही समेत गर्ने चेतावनी दिइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here