रौतहट ।। नेपाल सरकारले वर्ष २०२० को पर्यटन वर्ष घोषणा गरेको उपलक्ष्यमा मंगलवार नेपाल भारत सिमाको मुख्य प्रवेश नाका गौरमा रहेको क्रांतिद्वार प्रवेश गेटको नजिक सरसफाइ गरिएको छ ।
राष्ट्रिय विद्यार्थी संघ रौतहटको अगुवाईमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित स्थानीय युवाहरु मिलेर सरसफाइ गरेका हुन । नेपाल र भारत सिमामा प्रवेश गर्ने क्रान्ति द्वारा तथा नजिक रहेका धार्मिक स्थल मठ मंदिरहरुमा समेत सरसफाइ गर्ने क्रम जारी रहेको बुझिएको छ । नेपालमा विदेश नागरिकको आगमनलाइ सकारात्मक रूपमा लिने धार्मिक पर्यटकीय स्थलको भ्रमण गराउने लक्ष्यले नेपाल सरकारले वर्ष २०२० लाइ पर्यटन वर्षको रुपमा घोषणा गरिएकोले कार्यक्रम सफल पर्न हामी तत्पर रहेको विद्यार्थी संघका अध्यक्ष ओम प्रकाश साह मधेशीयाले बताए ।
रौतहट प्रमुख जिल्ला अधिकारी किरण कुमार थापाले पर्यटन वर्षको बुधवार देखि विधिवत उदघाटन हुने भएकोले नेपालमा आउने पर्यटकहरुलाई नेपालको सीमामा स्वागत गर्ने कार्यक्रम रहेको जानकारी गराउनु भएको छ । नेपाल भ्रमण वर्ष २०२० समन्वय समितिले साढ़े सात बजे विहान गौर नगरपालिकामा प्रभात फेरी आयोजना गर्ने , सिमामा गएर नेपाल भ्रमणमा आउनेलाइ फूल मालाले स्वागत गर्ने कार्यक्रम निर्धारण गरेको बताएका हुन ।
सुरक्षा समितिलाइ सुरक्षाको व्यवस्था मिलाउनलाइ जिम्मेवारी दिइएको उनले भने प्रदेश समितिले कार्यक्रमहरुको आयोजना गरेको छ । बागमती नुनथरबाट भ्रमण वर्षको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । नेपाल भ्रमण वर्ष घोषणा गरेको नेपाल सरकार ले ३० तीन सम्म भारतीय सवारी साधनको भन्सार इंट्री हुने प्रावधानले विदेशी पर्यटकलाइ समस्या हुन सकने सम्भावना भएको छ ।
यसलाइ खुकुलो गरे भ्रमण लाभकारी हुन सकने जानकरहरुको भनाइ रहेको छ । रौतहट जिल्लामा प्रसिद्द धार्मिक स्थल र भ्रमण गर्ने ठाउहरु भएपनि स्थानीय तहले लगानी नगर्दा त्यों ठाउहरु ओझलमा परेका छन । नेपाल भ्रमण वर्षको सफल बनाउनलाइ स्थानीय तहको क्षेत्रमा भएको ऐतिहासिक धार्मिक स्थल पोखरि ताललाइ संरक्षण गर्नुको साथै सौन्दर्यकरण गर्नु पर्ने आवश्यकता रहेको छ ।
भारत विहार राज्यको बैरगनिया , ढेंग , सीतामढ़ी ,लगायतका ठाउबाट नेपाल आउने नाका गौर रहेको ले गौर नगरपालिकाले पर्यटन हरुको लागि घूमने वातावरण बनाउनु पर्छ ।
गौरमा रहेको बसोवास गर्ने ठाउ लाइ व्यवस्थित गर्नु पर्छ , यातायातका साधनलाइ प्रयाप्त संख्यामा बृद्धि गर्नु पर्छ । गौर नगरपालिका भित्र रहेको प्रसिद्द बालेश्वरनाथ मंदिर ,सोवरना मंदिर , बारहवा ताललाइ सजाउनु पर्छ सजाएमा भ्रमण गर्न आउने पर्यटकको संख्या बृद्धि भए आर्थिक उन्नति हुने , व्यवसायीहरुको कारोबारमा बृद्धि हुन सक्नेछन ।
राजदेवी नगरपालिकामा रहेका प्रसिद्द राजदेवी मंदिर , गरुडा नगरपालिकाको शिव मंदिर , दुर्गा भगवती गाउँपालिकाको मत्सरीमा रहेको दुर्गा मंदिर , समनपुरको ऐतिहासिक पोखरी , कटहरिया नगरपालिकाको कटहरिया बाजार , माधव नारायण नगरपालिकाको गढ़ीमाई मंदिर , सुन्दरपुरको गढ़ीमाई मंदिरको दर्शन भ्रमण गर्ने ठाउ रहेको छ ।
प्रमुख जिल्ला अधिकारी थापाले पर्यटकीय स्थलको विकासमा स्थानीय सरकारले ध्यान दिनु पर्ने सुझाव समेत दिएका छन । उहाले बढेको चिसोबाट राहत पाउनका लागि चंद्रपुर नगरपालिकाको जुड़िबेलामा नेपाली सेनाको महासेनानीको तरफबाट उपलब्ध ९० थान कम्बल वितरण गरिएको बताए ।
२७७ डोम समुदायलाइ अहिले सम्म कम्वल वितरण गरी सकेको बताउँदै थापाले जिल्ला विपद व्यवस्थापन समितिको तरफबाट फतुवाविजयपुर र कटहरिया नगरपालिकाको २३२ दलित विपन्न परिवारलाइ कम्बल वितरण गर्ने बताए ।
बिद्यार्थी संघको नेतृत्वमा नेपाल भ्रमण वर्षको आगमनमा सरसफाइ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।